मंगलबार , अषोज २७, २०८३

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल एक मात्र ‘अन्डर डग’ टोली भएको दाबी गरेका छन् । उनले साफ च्याम्पियनसिपको उपाधि जित्ने सम्पूर्ण नेपालीको सपना भएको भन्दै उक्त सपना पूरा गर्न आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए ।

‘‘दक्षिण एसियाली भारत बलियो टिम हो । यसमा कुनै शंका छैन । उनीहरूले सबैभन्दा धेरैपटक उपाधि जितेका छन्,’’ कप्तान किरणले भने, ‘‘तर, त्यसको मतलब हामी नराम्रो टिम भन्ने होइन । प्रतियोगितामा हामी अन्डर डग टिम हौँ । भारतविरुद्ध खेल्न हामीले राम्रो तयारी गरेका छौँ । भोलि प्रतिस्पर्धात्मक खेल हुनेछ ।’’भारतले सातपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी संस्करणमा सहभागी मध्ये नेपाल मात्र उपाधि नजित्ने एक्लो टोली हो । आयोजक माल्दिभ्सले दुई तथा बंगलादेश र श्रीलंकाले समान एक/एकपटक उपाधि जितेका छन् ।

शनिबार माल्दिभ्सको मालेमा आयोजित पत्रकार सम्मेलनमा किरणले साफ च्याम्पियनसिपको उपाधि जित्नु नेपाली टोली र सम्पूर्ण नेपालीको सपना भएको बताए ।

‘‘हामीले सपना देख्नुपर्छ । सपना देखेपछि नै उपलब्धि हासिल हुने हो । साफको उपाधि जित्नु मेरो मात्र नभएर सम्पूर्ण नेपालको सपना हो,’’ नेपालबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानधारी किरणले थपे, ‘‘त्यो सपना पूरा गर्नका लागि हामीले हरेक दिन कडा मिहिनेत गरेका छौँ । भोलि पनि त्यसका लागि लड्नेछौँ ।’’

नेपालले आइतबार भारतविरुद्ध माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP