मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलियाको नर्दन टेरोट्री राज्य सरकारले नेपालीको महान चाड बिजया दशमीको अवसर परि शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ। ०७ अक्टुबर यानी घटस्थापनाको दिन पारेर NT सरकार Minister of Multicultural Affairs Kate Worden को आयोजनामा यो कार्यक्रम गरिएको हो। कोभिडका कारण सिमित सँख्यालाइ मात्र निमन्त्रणा गरिएको यो कार्यक्रमको रिसेप्शन डार्विन स्थित संसद भवनमा दिइएको थियो।

नर्दन टेरोट्रीका मुख्य मन्त्रि माइकल गनर मुख्य ढोकामा उपस्थित भइ सम्पूर्ण नेपालीलाइ स्वागत गरि रहेका थिए। कार्यक्रममा शुभकामना दिदै ममनिय मन्त्रि Kate Worden ले उपस्थित सबैलाई धन्यबाद दिदै, सम्पूर्ण नेपाली समुदायको मुख्य चाड दशैँको धेरै धेरै शुभकामना दिएकी थिइन। कार्यक्रममा The Administrator of Northern Territory Hon. Vicki O’Halloran को पनि उपस्थिति रहेको थियो।

NANT को पहलमा यो शुभकामना आदान प्रदान कार्यक्रम गरिएको जानकारी NANT अध्यक्ष युवराज पन्तले दिए। अस्ट्रेलियन सरकारको तर्फ बाट NT मा नेपाली समुदायको लागि गरिएको यो पहिलो कार्यक्रम हो। अब यो कार्यक्रमलाइ निरन्तरता दिन सबै नेपाली समुदाय लागि पर्नुपर्ने जानकारी सुदिप श्रेष्ठले दिए। यस्तो कार्यक्रमको आयोजना गरेर NT सरकारले नेपाली समुदायलाइ देखाएको सद्भाव निकै सर्हानिय छ भन्छन BDMS community services का प्रबन्ध निर्देशक बिनय कुमार शर्मा।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै लामो समय देखि NT मा बसोबास गर्दै आएका, नेपाली समुदायको नेतृत्वन गर्ने महानुभावहरुको उपस्थिति रहेको थियो। सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै आफ्नो भनाइ राख्नेमा NANT अध्यक्ष युवराज पन्तले आयोजक सबैलाई धन्यबाद दिएका थिए।

कार्यक्रममा दशैँ तिहारको सस्कृति झल्काउने साँस्कृतिक नाच देखायिएको थियो। कार्यक्रमको संचालन Minister of Multicultural Affairs कि सल्लाकार जया श्रीनिवाशले गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP