मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ६ हजार १६८ नमुनाको पिसिआर र ५ हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट गरी १२०३१ को नमुना परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

परीक्षण गरिएकामध्ये पिसिआर विधिबाट ६३६ र एन्टिजेन विधिबाट १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।

शनिबार थप ८ सय ९९ जना कोरोनामुक्त भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० पुगेको छ। सक्रिय संक्रमितमध्ये ३१७ जनाको भेन्टिलेटरमा र ११३ जनाको आइसियूमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९०९९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP