मंगलबार , अषोज २७, २०८३

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

विभाजनलाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको भन्दै उहाँले एकीकरणमा जोड दिनुभएको छ । राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको खबरमा उल्लेख छ ।

ताइवानले आफूलाई एक सार्वभौम देशका रूपमा मान्छ भने चीनले ताइवानलाई एक अलग प्रान्तका रूपमा हेर्छ । पछिल्लो एक हप्तामा ताइवानी आकाशमा एक सय ५० भन्दा धेरै चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीले ताइवानसँग एक देश – दुई प्रणाली अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताउनुभएको छ । ताइवानले भने चीनलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम रोक्न आग्रह गरेको छ । चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP