मंगलबार , अषोज २७, २०८३

चौथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै छन् ।

त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।

चितवनका कप्तान सोमपाल कामीले फाइनलमा आफ्नो टिमले जित प्रमाणित गर्नेमा विश्वस्त रहेको बताएका छन् । पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियटर्सलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो । पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताएका छन् ।

यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लीग चरण र क्वालिफायरमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।

चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा दुई हारको बदला लिन चाहन्छ । यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP