शुक्रबार , भाद्र १२, २०८३

जिज्ञासा :
म एक विवाहित महिला । अहिले २५ बर्ष भएँ । तीन बर्ष भयो मेरो विहे भएको । मेरो समस्या के भने, पछिल्लो करीब ८ – ९ महिना जतिभयो, मेरो योनीबाट सेतो गनाउने पानी बग्न थाल्यो, पहिले त्यसरी पानी बग्दैन थियो । सुरु सुरुमा त हल्का पानी त हो भनेर वास्ता नि गरिन, तर पछी हल्का चिलाउन नि थाल्यो अनि मैले मेडिकलबाट चिलाउन रोक्ने औषधि ल्याएर खाँए । अहिले चिलाउन त कम भयो तर गनाउने पानी आउन कम भएन । मेरो बच्चा भएको छैन्, तर एक पटक गर्भपतन चाहिँ गराएकी छु । के कारणले यस्तो भएको होला ? यसको समाधान के होला ? – एस. खतिवडा, काठमाडौँ

 

प्रश्नको लागि धन्यवाद, तपाँईले दिएको जानकारी अनुसार योनीमा चिलाउने र सेतो पानी बग्ने जो समस्या छ, त्यसलाई चिकित्सकीय भाषामा ‘भेजिनाइटिस’ भनिन्छ । यो एक प्रकारको इन्फेक्सन ( संक्रमण ) हो ।

इन्फेक्सन हुने मुख्यतया तीनवटा कारण हुन्छन । एउटा व्याक्टेरियाको कारणले हुन्छ । जसलाई हामी ‘व्याक्टेरियल भेजिनोसिस’ भन्छौँ । अर्को फंगसको कारणले हुन्छ जसलाई हामीले ‘क्यान्डिलियसिस’ वा ‘मोनिलियसिस’ भन्छौँ हामी । अर्को चाही प्रोटोजोआको कारणले, यसलाई हामी ‘टाइको मोनाइसिस’ भन्छौँ ।

तपाईँलाई यहि तीन मध्ये कुनै कारणले यस्तो समस्या भएको हुनसक्छ ।  र, यी तीनमध्ये जे बाट समस्या भएको भए पनि तपाईँले कम्तीमा तीन किसिमको औषधि प्रयोग गर्नुपर्छ ।

तपाईँले फार्मेसीबाट औषधि ल्याएर खाएँ र चिलाउन छोड्यो भन्नु भयो । तर त्यो के औषधि थियो खुलाउनु भएको छैन । खुलाउनु भएको भए सजिलो हुन्थ्यो । र,  पानी बग्न छोडेको छैन भन्नु भएको छ । त्यसैले हामी भन्न सक्छौँ तपाईँको उपचार पूर्ण भएको छैन ।

उपचार के ?
यसको पूर्ण उपचार गर्नुपर्छ, जसलाई हामी सिन्ड्रोमिक ट्रिटमेन्ट भन्छौँ । यसमा एन्टीबायोटिक हुन्छ एन्टीव्याक्टेरियाका लागि । एन्टी फंगल हुन्छ फंगसका लागि । एन्टी प्रोटोजोल हुन्छ प्रोटोजोआका लागि ।

यो दुई तीन थरी औषधि मिलाएर खाएको खण्डमा यो समस्या समाधान हुन्छ । र,  कहिलेकाँही, भेजाइनामा ‘फरेन बडी’ पनि हुन्छ, रौँहरु कुनै फरेनबडी टयम्पोनहरु जस्ता समस्या हुन्छन् । त्यसैले यस्तो समस्याका लागि एक पटक डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।

अर्कोकुरा तपाईँले एक पटक गर्भपतन गराँए भन्नु भएको छ । गर्भपतन र तपाईँले भनेको यो समस्या अन्तर सम्वन्धित होइन ।

तर असुरक्षित तरिकाले गर्भपतन गरेको छ भने कहिलेकाँही समस्या निम्त्याउँछ । त्यसैले मेरो सल्लाह के छ भने परिवार नियोजनको रुपमा गर्भपतन गराउन हुँदैन । गराउनै परे सूचिकृत स्वास्थ्य संस्थामा गएरै गराउनुहोला ।

यी सल्लाह दिदै गर्दा तपाईँलाई अन्त्यमा के भन्दछु भने लामो समय देखि यो समस्या भइरहेको छ भने डाक्टरकहाँ गएर जँचाउन ढिला नगर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP