आइतबार , बैसाख ७, २०८२

पछिल्लो डेढ महिनामा नेपालमा कोरोना सङ्क्रमणदर ६० प्रतिशत भन्दा धेरैले घटेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौको १ गते कोरोना सङ्क्रमणदर १८ प्रतिशत रहेकोमा असोजको तेस्रो हप्तासम्म सङ्क्रमणदर ६/७ प्रतिशतको हाराहारीमा झरेको छ। हिजो परीक्षण गरिएका नमुनामध्ये सात दशमलव १४ प्रतिशतमा मात्रै कोरोना देखिएको छ ।

डेढ महिनाको बीचमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६० प्रतिशत भन्दा धेरैले घट्नु निकै खुसीको र सकारात्मक विषय भए पनि अझै जोखिम नसकिएको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ ।

नागरिक जति धेरै जिम्मेवार बन्छन्, महामारी नियन्त्रणमा उत्तिकै सजिलो हुने मन्त्रालयको भनाइ छ । नियमित काम गर्दा होस् या चाडपर्व मनाउँदा, जनस्वास्थ्यका मापदण्डलाई सदैव पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य घटेको छ । भदौको पहिलो हप्ता नेपालमा ४० हजार तीन सय ३८ जना सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो हप्ता अर्थात हिजो सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ६ सय १४ जनामा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP