मंगलबार , बैसाख २९, २०८३

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य रामकुमारी झाँक्री सहरी विकास मन्त्री बनेकी छन्।

तर एमालेबाट पहिलो पटक समानुपातिक सांसद बनेकी उनले मन्त्री बन्न भने पार्टी विभाजन नै गर्नुपर्यो। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उत्रिएकी उनी नयाँ पार्टी बनाएसँगै पहिलो पटक मन्त्री बनेकी हुन्।
यस हिसाबमा उनी सबैभन्दा भाग्यमानी ठहरिइन्। २०३५ साल जेठ १० गते गुल्मीमा जन्मेकी झाँक्री समानुपातिक सांसद बनेकी हुन्।
२०४७ सालदेखि अखिलबाट राजनीति थालेकी उनी अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट पहिलो महिला अध्यक्ष निर्वाचित भएकी थिइन्। अखिलमा महिला नेतृत्व विकास गराउने श्रेय गर्नेलाई जान्छ।एमालेको २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनी नेकपा र एकीकृत समाजवादीमा पनि केन्द्रीय सचिव छिन्।

प्रष्टवक्ता, विरोधीप्रति आक्रामक स्वभाव र मास लिड गर्न सक्ने उनको कलाले थुप्रै प्रशंसक जुटाउन सफल छिन्।

नेकपामै रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा भृकुटीमण्डपमा भएको कार्यक्रममा झाँक्रीले मुखमा लगाएको टेप खोल्दै बोल्न पाइन्छ भनेर गरेको भाषण चर्चित छ।

एमए र कानुनमा स्नातक उनी वामपन्थी युवा नेता पनि हुन्। उनलाई देउवा सरकारमा सहरी विकास मन्त्री बनाइएको छ।

२०६२/०६३ मा ऐतिहासिक जनआन्दोलनमा सक्रियता भएपछि उनको चर्चा चुलिएको हो। त्यसबेला प्रहरीले लाठी चार्ज गर्दा उनको टाउको फुटेको थियो। उनी पटक पटक प्रहरीको हिरासतमा बसेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP