मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।प्रधानमन्त्री देउवाले आज नेपाली कांग्रेसबाट पाँच जना नयाँ मन्त्री बनाउन लागेका हुन्। तीमध्ये एक हुन्- नेपालगञ्जका कांग्रेस नेता गजेन्द्र हमाल। उनी प्रतिनिधि सभा सांसद छैनन्। सांसद नरहेका हमाललाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउन लागेका हुन्। संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ।

‘मन्त्री हुनेहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ, आजै सपथग्रहण हुन्छ,’ स्रोतले भन्यो, ‘गजेन्द्र हमाल पनि मन्त्री हुँदै हुनुहुन्छ।’

यसअघि हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटामा मन्त्री बनाउन लागेको चर्चा चलेको थियो। प्रधानन्यायाधीश राणाका नातेदार हमाल कांग्रेसको राजनीतिमा पनि छन्।

हमाल परिवार बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय छ। गजेन्द्र २०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए।उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य छन्

उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री देउवाको हमाल परिवारसँगको सम्बन्ध भने गजेन्द्र र सुरेन्द्रका जेठा दाजु भाइराजा हमालका पालादेखिको हो। बाँकेका एक पुराना कांग्रेस नेताका अनुसार भाइराजा र शेरबहादुर देउवाको ‘जिग्री’ दोस्ती थियो।

साथै कांग्रेसले रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, कानुन मन्त्रीमा दिलेन्द्र बडु, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी, खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई पठाउने भएको छ।

यस्तै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाइने भएको छ। कार्की यसअघि कानुन मन्त्री थिए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राखेका छन्।

प्रधानमन्त्री देउवाले यसअघि बालकृष्ण खाणलाई गृहमन्त्री र नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP