मंगलबार , अषोज २७, २०८३

पछील्लो समय प्रबासमा नेपालीहरू बिभिन्न पेशा र ब्यबसाय तर्फ अग्रसर हुन थालेका छन । अरूको काम भन्दा पनि आफ्नै ब्याबसाय गर्न तर्फ उत्साहित हुनाले प्रबासमा नेपालीहरूको ब्याबसायले बिस्तारित रूप पनि पाईरहेको छ ।

यसै क्रममा अस्ट्रेलियाको सिड्नी स्थित कोग्रामा नेपाली युवा प्रकाश सुबेदीको लगानीमा आधुनिक किसिमको बिशुद्द नेपाली बिशेषता बोकेको रोयल दरबार रेस्ट्रो नामक र्रेष्टुरेण्ट संचालनमा आउंने भएको छ । प्रकाश पोखराका हुन । रेष्टुरेण्ड लकडाउंन खुलेपछी सन्चालनमा आउंने बताइएको छ ।
केही बर्ष यता अष्ट्रेलियाको सिड्नीमा नेपालीहरूको बस्ती बाक्लिदै जानु र यही कुरालाई मध्यनजर गरेर नेपालीहरूकै लगानीमा रेष्टुरेण्टहरू सन्चालनमा आउंनुलाई सकारात्मक रूपमा लिइएको छ ।

प्रबासमा नेपालकै स्वाद र परिकारलाई प्राथमिकतामा राखिने जानकारी दिइएको छ -‘ हामी नेपालकै स्वाद र परिकार प्रबासमा खुवाउंने उद्देश्यले लागि परेका छौ । यसमा हामीलाई साथ र समर्थन पनि मिल्ने बिस्वास छ -‘ सन्चालकहरू सुबेदीले बताए ।

डेढ करोड नेपाली लगानीमा संचालनमा आउन लागेको यो रेस्टुरेण्टमा करिब ६० जना एकैपटक बसेर खान मिल्ने ब्यबस्था गरिएको छ । १० जनालाइ सुरूवातमा रोजगारी समेत दिन लागिएको बताइएको छ । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नी स्थित कोग्रामा सन्चालन गर्न लागिएको यो रेष्टुरेन्ट सिड्नीमा नेपाली स्वाद र परिकारमा रमाउंन चाहनेहरूको लागि उत्कृष्ट हब बन्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP