मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाको  डार्विनमा नेपाली समुदायको संलग्नतामा फूटबल लिग हुन गइरहेको छ। पुराना फुटबल खेलाडी ज़ेनिथ मल्लको सम्झनामा र श्रद्धांजलि स्वरुप २०१५ सालदेखि यो लिग संचालन हुदै आइरहेको छ। ९ र १० अक्टुबर २०२१ मा पनि ज़ेनिथ  मेमोरिअल NANT कप २०२१ हुन गइरहेको छ।  नेपलीज एशोसियसन अफ नर्दन टेरिटोरी (NANT) को आयोजनामा र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीको सहयोगमा  Zenith Memorial – NANT Cup हुदै आइरहेको छ ।

२०२१ मा हुने खेल मा ९ अक्टुबर Men’s 7A-Side league matches हुनेछ भने, १० अक्टुबरमा  Men’s 7A-Side Semi-final & Final खेल हुने छ। Kids football: 5A-Side (U6, U7-8, U10), Ladies: 5A-Side match, 35+ Men’s 7A-Side match पनि संगै हुने जानकारी Darwin Hearts FC का अध्यक्ष संजय गुरुङ्गले जानकारी दिए । यो लिगको सम्पूर्ण प्राबिधिक जिम्मा Darwin Hearts FC का जयन मल्ल ठकुरी र फिरोज राना लाइ दियिएको जानकारी समेत उनले  दिए। 

फूटबलमा महिला सहभागिता बढाउँन र प्रोत्साहन गर्न वाईडर कम्युनिटी लाइ सहभागिता गरिएको छ।  पुरुषको खेल भने २ समुहमा बिभाजन गरि खेलाइने छ, एक सबै उमेर समुहका खेलाडी(All Age) र आर्को ३५  वर्ष काटेका (Veterans) दुवै टिम मा Northern Territory को  Men’s Premiere League खेल्ने ५ जना भन्दा धेरै खेलाडी राख्न नपाउने नियम बनाइएको जानकारी फिरोज रानाले दिए। ५ खेलाडी मात्र राख्न पाउने नियमले गर्दा कुनै एउटा टिमको मात्र दबदवा नरहने र नया खेलाडीले पनि अवसर पाओस भन्ने उदेश्य रहेको जानकारी समेत दिए। धेरै भन्दा धेरै खेलाडीले खेल खेल्ने अवसर पाउन भनेर एक खेलाडी ले एउटा टिम बाट मात्र खेल खेल्न पाउने नियम यसै वर्ष बाट लागु गरिएको छ।

NRNA -NT का युथ कोडिनेटर राज सापकोटा थप्छन् , समुदायमा हुने हरेक प्रकारका कार्यक्रम वा खेल जे भए पनि नेपाली समुदायले साथ र सहयोग गर्नमा आफु ढुक्क भएको र खेल संगै मोमोको स्वाद  लिन पनि सबैलाइ आफ्ना साथी भाइ संग खेल हेरी यो लिगलाइ सहयोग गर्दिनु हुन आनुरोध गर्दछु। 

नेपलीज एशोसियसन अफ नर्दन टेरिटोरी (NANT) का अध्यक्ष युवराज पन्तको संयोजकतामा यो लिग हुदै आइरहेको छ।  उनि भन्छन, नेपाली समुदायले  नेपालीलाइ प्रोत्साहन गर्न सधै लागि पर्ने हुदा, यो कार्यक्रममा पनि सबै नेपाली समुदाय उपस्थित भइ खेलाडीको हौसला बढाउन र खेल लाइ सफल बनाइ दिन अनुरोध गर्दछु। आफ्नो ब्यस्त जिन्दगी बाट केहि समय निकाली समुदायको लागि दिन समेत आनुरोध गर्दछु। 

मलक ओवलमा हुने खेल दिनको २:३० बाट सुरु हुने छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP