सोमबार , अषोज २६, २०८३

लागुपदार्थ प्रयोग गरेको अभियोगमा भारतीय नार्कोटिक्स कन्ट्रोल ब्यूरोले शाहरुखका छोरा आर्यनलाई पक्राउ गरेयता एकपछि अर्का बलिउड सेलिब्रेटी शाहरुख र उनका परिवारको समर्थनमा उत्रिएका छन्।

धेरै कलाकारले सामाजिक सञ्जालमार्फत शाहरुख र आर्यनलाई यो क्षणमा बलियो हुन सुझाव दिइरहेका छन्। यही बेला अभिनेता हृतिक रोशनले भने आर्यनका लागि एउटा छोटो पत्र नै लेखेका छन्। हृतिकले आफ्नो इन्स्टाग्राममा आर्यनको फोटो पोस्ट गरेर क्याप्सनमा विस्तृत पत्र लेखेका हुन्।

पत्र सुरुमा उनले लेखेका छन्, ‘मेरो प्रिय आर्यन, जीवन एक अनौठो सवारी हो। यो महान छ किनकी यो अनिश्चित छ। यो महान छ किनकी यसले ठूलो उतार-चढाव ल्याउछ तर भगवान दयालु छन्। उनी केवल कठिन स्थिति सामना गर्न लगाउँछन्।’

आर्यनलाई माया र समर्थन देखाउँदै हृतिक लेख्छन्, ‘भगवानले तिमीलाई चुनेका हुन् भनेर त्यतिबेला थाहा हुन्छ जब अराजकताबीच तिमीले आफूलाई सम्हाल्नु पर्ने हुन्छ, र मलाई थाहा छ तिमी अहिले यस्तै महसुस गरिरहेका छौ। क्रोध, भ्रम र असहायताले नै तिमीभित्रको हिरो बाहिर ल्याउँछ। तर होसियार रहनू, तिनले तिम्रा दया, करुणा र माया जस्ता राम्रो कुराहरु पनि बिगार्न सक्छ।’

उनले थप भनेका छन्, ‘आफैंलाई पर्याप्त मात्रामा जल्न देउ। यदि तिमीले कुन भाग आफूसँग राख्ने र कुन आफूबाट टाढा राख्ने भनेर जान्यौ भने गल्ती, असफलता, विजय, सफलता– यिनीहरु सबै उस्तै हुन्। तर यी सबैले तिमीलाई अघि बढ्न सहयोग गर्छ। मैले तिमीलाई बालक र युवा दुवै रुपमा चिनेको छु। तिमीले अनुभव गरेको सबै कुराको स्वामित्व लेउ। मलाई विश्वास गर, ती तिम्रा उपहार हुन्।’पत्रको अन्त्यमा हृतिकले लेखेका छन्, ‘जब समय आउँछ तिमीले सबै बुझ्नेछौ। तिमीले आफ्नो क्रोधलाई आँखाभित्र लुकाएर राख्नु पर्छ। आफूलाई शान्त र धैर्य राख्नु पर्छ। अवलोकन गर, ती पल तिम्रा निर्माता हुन् र तिमी घामजस्तै चम्किने छौ। तर यसका लागि अन्धकारको बाटो पनि हिँड्नु पर्छ। भरोसा राख र त्यही चमकतर्फ हिँड, त्यो सधैं त्यहीँ हुन्छ। धेरै माया!’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP