मंगलबार , अषोज २७, २०८३

कतार सरकारले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकलाई कैद वा जरिवानाबिना वैध हुन पाउने घोषणा गरेको छ । आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने भएको हो । यो श्रम (काम गर्न पाउने) भिसा र परिवार भ्रमण भिसाको अवधि समाप्त भएर बसेकाहरुको हकमा लागू हुनेछ ।

कतारले यसअघि २०१७ मा आममाफी दिएको थियो । यो समयभित्र आफ्नो कानुनी हैसियत वैध बनाउन मिल्ने मन्त्रालयको भनाइ छ । कतार सरकारले गैरकानुनी हैसियतमा बसेकाहरुले उम सलाल, सनैया, मिसैमिर, अल वर्का र अल रैयानस्थित सेवा केन्द्रमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । ती श्रमिकहरु सिधै सनैयास्थित खोज तथा अनुगमन विभाग (सीआईडी भनेर चिनिने कार्यालय)मा समेत जान पाउनेछन् ।

कम्पनीले भिसा नवीकरण नगरिदिएको वा कम्पनी छाडेर अन्यन्त्र काम गरिरहेका श्रमिकहरुले आफूलाई कानुनी हैसियत प्रदान गर्न सक्नेछ । कतारले कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएपछि मात्रै कम्पनी छाडेर भाग्ने प्रवृत्तिमा कमी आएको छ । त्यसअघि तलब नपाएका र बन्द भएका कम्पनीका कामदारहरु भाग्ने गरेका थिए ।

कतारमा गैरकानुनी हैसियतमा बसेका नेपाली श्रमिकको संख्या एकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP