मंगलबार , बैसाख २९, २०८३

कसैले ‘तिमीलाई के सुपरपावर चाहिन्छ ?’ भनेर भन्यो भने ‘पाद्ने शक्ति’ त्यो सूचीको सबैभन्दा तल आउँछ होला । तर, केही मानिसहरूले आफ्नो पादलाई नियन्त्रण गरेर त्यसैको आधारमा आफ्नो करियर बनाउन सफल भएका छन् ।

पाउल ओल्डफिल्ड, अर्थात् मिस्टर मिथेन विश्वकै चर्चित मनोरञ्जन प्रदान गर्ने कलाकार हुन् । नामअनुसार उनको विशेष खुबी भनेको पाद्नु हो । उनले आफ्नो अनौठो क्षमताको बारेमा किशोर अवस्थामा थाहा पाएका थिए । अन्ततः उनले यसको प्रयोग गरेर आफ्नो जीवनयापन गर्ने, विश्वभर यात्रा गर्ने र आफ्नो क्षमता देखाउन सफल भएका छन् ।

बेलायतको म्याकल्स फिल्डमा जन्मिएका ओल्डफिल्डको नाममा एक मिनेटमा सबैभन्दा बढी पाद्ने गिनिजबुक अफ वर्ल्ड रेकर्ड रहेको छ । यति मात्र होइन उनले पादले विभिन्न चर्चित गीत प्रस्तुत गर्ने र अन्य रोचक खेलाहरू देखाउने गर्छन् । ओल्डफिल्डका अनुसार युवा अवस्थामा आफ्नो बहिनीसँग योग अभ्यास गर्दा यो ‘सुपरपावर’ को बारेमा थाहा पाएका थिए । कमल आसनमा बस्दा उनले शरीरको दुवै छेउबाट श्वास लिने र फाल्न सक्ने क्षमता रहेको थाहा पाएका थिए । आफ्नो नयाँ क्षमताबारे थाहा पाएका उनले अर्को दिन साथीहरूका अगाडि एक मिनेटमा २० पटकसम्म पादेर देखाएका थिए ।

तर, यी ‘पाद्ने’ सुपरम्यान आफ्नो जीवनको पछिल्लो समयसम्म मिस्टर मिथेन भने बनेनन् । ट्रेन कन्डक्टर बनेका उनले बेलाबेला साथीभाइहरूका लागि आफ्नो क्षमता प्रदर्शन गर्थे । एक दिन भने उनले बिहान ३ बजे उठेर रेलमा काम गर्न जानुभन्दा जीवनमा धेरै गर्न रहेको भन्दै मनोरञ्जनको क्षेत्रमा प्रवेश गर्ने निधो गरे ।

१९८० को अन्त्यतिर मिस्टर मिथेनले स्थानीय ब्यान्डको लागि सुरुवाती प्रस्तुति दिन थाले । त्यसपछि न्युयोर्क पुगेर हवार्ड स्टर्नजस्ता शोका होस्टलाई आश्चर्यचकित बनाए । उनले चर्चित गीतका प्यारोडी बनाउनका साथी ब्रिटेन गट ट्यालेन्ट र जर्मनीको डास सुपरट्यालेन्ट सोमा भाग लिइसकेका छन् ।

म्यानचेस्टरको विदिङटन अस्पतालका डाक्टर पिटर होरवेलका अनुसार मिस्टर मिथेनले आफ्नो डायफ्रामलाई माथि उचालेर आफ्नो कोलोनभित्र हावा भर्न सक्षम भएका हुन् । सन् २०१८ मा मिस्टर मिथेनले मिथेनले एक मिनेटमा सबैभन्दा धेरै पटक पादेर विश्व कीर्तिमान बनाउने निर्णय गरे । उनले एक मिनेटमा ५० पटक पाद्ने योजना बनाएका थिए । तर, अन्ततः ८६ पटक पादेर विश्व रेकर्ड बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP