मंगलबार , बैसाख २९, २०८३

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । दसैँ सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले सस्तो बजारले उपभोक्तालाई सहज हुने बताए । मन्त्री शाहीले दसैँको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुगमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन दिए ।

संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यावसायिक वातावरण बनाइदिन सरकारसँग माग गरे । यही असोजको २५ गतेसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नयाँ नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दसैँ सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँ नोट सटहीको लागि ग्लोबल आईएमई बैंकले व्यवस्थापन गरेको छ ।

त्यस्तै नेपाल दुग्ध विकास संस्थानको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङको नुन लगायतका दैनिक उपभोग्य सामाग्री सहित मासु तथा अण्डा समेत सस्तो बजारमा राखिएको छ । दसैँ सस्तो बजारमा बाहिर बजारमा भन्दा सुलभ मूल्यमा उपलब्ध गराइने संघका महासचिव विमलराज भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP