सोमबार , भाद्र १५, २०८३

सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडाैंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन । ट्रेलरलगायतका ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा)सम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । यसले घन्टौँ जाममा पर्ने र गन्तव्यमा ढिलो पुग्ने समस्यालाई समाधान गर्ने विभागको ठहर छ ।

तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले यस विषयमा विभागले कुनै छलफल नगरेको र निर्णयको जानकारीसमेत नदिएको बताए ।

‘अहिलेदेखि नै ठूला सवारीसाधन रोक्दा निर्माण आयोजना र भवन निर्माणलगायतका काममा असर पुग्छ’ उनले भने । त्यस्तै, यात्रुवाहक सवारीसाधनलाई बिहीबार (आज)देखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ । यसको अर्थ यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् । यो व्यवस्था कोजाग्रत पूर्णिमासम्म कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP