शनिबार , बैसाख २७, २०८२

सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडाैंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन । ट्रेलरलगायतका ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा)सम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । यसले घन्टौँ जाममा पर्ने र गन्तव्यमा ढिलो पुग्ने समस्यालाई समाधान गर्ने विभागको ठहर छ ।

तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले यस विषयमा विभागले कुनै छलफल नगरेको र निर्णयको जानकारीसमेत नदिएको बताए ।

‘अहिलेदेखि नै ठूला सवारीसाधन रोक्दा निर्माण आयोजना र भवन निर्माणलगायतका काममा असर पुग्छ’ उनले भने । त्यस्तै, यात्रुवाहक सवारीसाधनलाई बिहीबार (आज)देखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ । यसको अर्थ यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् । यो व्यवस्था कोजाग्रत पूर्णिमासम्म कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP