सन् २०२३ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) को आवेदन गएरातिदेखि खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने छ ।
दूतावासले आवेदन दिँदा विभिन्न पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न र स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।
डीभीको आवेदनका लागि कुनै पैसा नतिर्न आग्रह गर्दै अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।
https://www.facebook.com/watch/?ref=external&v=1506777669702768