मंगलबार , अषोज २७, २०८३

नेपाललाई क्यानडा र माल्दिभ्सले एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराउने भएका छन्। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।

व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने, ‘क्यानडा र माल्दिभ्स दुवै देशले एस्ट्राजेनेका खोप उपलब्ध गराउने छन्। तर उक्त खोप नेपाल आइपुग्ने मिति भने तय भइसकेको छैन।’

नेपाललाई हालसम्म भारत, चीन, अमेरिका, जापान, भुटान, बेलायतले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप अनुदानमा उपलब्ध गराइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार नेपालमा हालसम्म ६४ लाख ९ हजार १९६ जना व्यक्तिले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन्। त्यो लक्षित जनसंख्याको २९ दशमलभ ५ प्रतिशत हो।

त्यसैगरी, ७९ लाख १३ हजार ५५५ व्यक्तिले पहिलो मात्रा खोप लगाएका छन्। लक्षित जनसंख्याको ३६ दशमलब४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP