आइतबार , बैसाख ७, २०८२

रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।

बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले सर्वाधिक ४१ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ४० रन बनाएर रन आउट भए । एवि डिभिलियर्स १९ रनमा अविजित रहँदा कप्तान विराट कोहली ५ रन मात्रै बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिद्धार्थ कौल, जेसन होल्डर, उमरन मलिक र राशिद खानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । हैदराबादका ओपनर जेसन रोयले सर्वाधिक ४४ रनको योगदान दिए । कप्तान केन विलियम्सनले ३१ रन बनाएर रन आउट भए । अभिषेक शर्मा १३, प्रियम गर्ग १५, ऋद्धिमान शाह १० र जेसन होल्डरले १६ रन बनाए ।

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ड्यानियल क्रिष्टियनले २, जर्ज ग्रेटन र युजभेन्द्र चहलले १/१ विकेट लिए । दिल्ली शीर्ष दुईमा रहने पक्का भएको छ । एक खेल खेल्न बाँकी हुँदा दिल्लीको २० अंक छ । चेन्नई अन्तिम खेलमा विजयी भए २० अंक हुनेछ । प्लेअफमा अव एक टोलीले स्थान बनाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP