मंगलबार , अषोज २७, २०८३

रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।

बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले सर्वाधिक ४१ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ४० रन बनाएर रन आउट भए । एवि डिभिलियर्स १९ रनमा अविजित रहँदा कप्तान विराट कोहली ५ रन मात्रै बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिद्धार्थ कौल, जेसन होल्डर, उमरन मलिक र राशिद खानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । हैदराबादका ओपनर जेसन रोयले सर्वाधिक ४४ रनको योगदान दिए । कप्तान केन विलियम्सनले ३१ रन बनाएर रन आउट भए । अभिषेक शर्मा १३, प्रियम गर्ग १५, ऋद्धिमान शाह १० र जेसन होल्डरले १६ रन बनाए ।

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । ड्यानियल क्रिष्टियनले २, जर्ज ग्रेटन र युजभेन्द्र चहलले १/१ विकेट लिए । दिल्ली शीर्ष दुईमा रहने पक्का भएको छ । एक खेल खेल्न बाँकी हुँदा दिल्लीको २० अंक छ । चेन्नई अन्तिम खेलमा विजयी भए २० अंक हुनेछ । प्लेअफमा अव एक टोलीले स्थान बनाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP