मंगलबार , बैसाख २९, २०८३

रूपन्देहीकी २७ वर्षीया सीता भण्डारीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना पुर्पक्षका लाथि कारागार चलान भएका छन्।

भण्डारीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तिलोत्तमा नगरपालिका-५ का उनका श्रीमान् श्रीमान् टिका पौडेल, जेठाजू हरिप्रसाद पौडेल र आमाजू विष्णु पौडेललाई बुधबार जिल्ला अदालत रूपन्देहीले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मंगलबार र बुधबार थुनछेक बहसपछि तीन जनालाई नै अदालतले कारागार चलानको आदेश दिएको हो।

तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको ठहरसहित अदालतले तिनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

अदालतको आदेशपछि उनीहरूलाई भैरहवा कारागार चलान गरिएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।

भण्डारी भदौ २० गते बिहान साढे ४ बजे मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको थियो।

तर, उनलाई आत्महत्या गर्न बाध्य भएको व्यहोराको जाहेरी अनुसार प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

भण्डारी परिवारमा सम्पत्ति बेचबिखनबारे लामो विवाद थियो। त्यो सिलसिला उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको प्रहरीले जनाएको छ।टिका र सीता पाल्पामा रिसोर्ट सञ्चालन गर्दै आएका थिए। त्यही रिसोर्ट बिक्री गर्ने नगर्ने विषयमा परिवारमा विवाद थियो।

पटक-पटक श्रीमतीसँग यही विषयमा विवाद भइरहेकै क्रममा १९ गते पाल्पाबाट टिका बुटवल आएका थिए।

त्यसदिन जेठाजु हरिप्रसादकी छोरीको जन्मदिन थियो। जन्मदिन मनाउने क्रममा टिकाले मदिरा सेवन गरेका थिए।

सीता भदौ ५ गते नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलोत्तमा नगरपालिका वडा नं. ८ बाट घर फर्किएकी थिइन्।

जन्मदिन मनाएपछि श्रीमान्-श्रीमतीबीच रिसोर्टको बिक्रीबारे पुन: विवाद भएको थियो। विवादपछि श्रीमानलाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्।

अबेरसम्म मदिरा सेवन गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। टिका ब्युँझिँदा सीता झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

सीतालाई झुन्डिएको अवस्थामा देखेपछि टिकाले भान्सा कोठाबाट चक्कु ल्याएर सलको पासो काटेर शव भुइँमा झारेको बयान प्रहरीलाई दिएका थिए। त्यसपछि उनले आफन्तलाई खबर गरेको बताएका थिए।

आफन्तमार्फत प्रहरीमा खबर पुगेपछि प्रहरीले सीताको शवको मुचुल्का उठाई लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण आत्महत्या रहेको खुलेको प्रहरीले जनाएको छ।

तर, आत्महत्या नभएर भण्डारीको हत्या भएको भन्दै आफन्तले आन्दोलन गर्दै आएका थिए।

मृतक सीता र श्रीमान टिका पौडेलबीच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान थिएनन्। पहिलेकी श्रीमतीसँग सम्बन्धविच्छेदपछि टिकाले सीतालाई बिहे गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP