
नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा पर्न सफल भएका छन् ।
बुधबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको मनोयनयनमा ‘प्लेयर अफ द मन्थ’ उनी पर्न सफल भएका हुन् ।
मनोनयनमा पर्न सफल सन्दीपलाई जिताउनका लागि अनलाईन भोटको खाँचो पर्दछ । र, सबैले उनलाई भोट गर्न जरुरी रहेको छ ।
आगामी सोमबार ‘प्लेयर अफ द मन्थ’ घोषणा हुँदैछ । ओमान सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा सन्दीप मनोनयन परेका हुन् । ओमान सिरिजमा उनले १८ विकेट लिन सफल भएका थिए ।
आईसीसीको मनोनयनमा सन्दीपसँगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मल्होत्रा पनि परेका छन् ।