मंगलबार , अषोज २७, २०८३

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान राेयल्सलाई आठ विकेटले हराएको छ ।

शारजाहमा मङ्गलवार राति भएको खेलमा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नाै विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । मुम्बईका नाथन कल्टर नायलले चार, जेम्स निशमले तीन तथा जस्प्रित बुम्राहले दुई विकेट लिए ।

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलमा १० अङ्क रहेको राजस्थान सातौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP