आइतबार , बैसाख ७, २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान राेयल्सलाई आठ विकेटले हराएको छ ।

शारजाहमा मङ्गलवार राति भएको खेलमा राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नाै विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । मुम्बईका नाथन कल्टर नायलले चार, जेम्स निशमले तीन तथा जस्प्रित बुम्राहले दुई विकेट लिए ।

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलमा १० अङ्क रहेको राजस्थान सातौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP