सोमबार , भाद्र १५, २०८३

सरकारले विद्युतीय राहदानीमा रहने विभिन्न सुरक्षासम्बन्धी विशेषता (सेक्युरिटी फिचर) हरू स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को मंगलवारको बैठकले विद्युतीय राहदानीमा रहने विशेषता स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले निकट भविष्यमा नै विद्युतीय राहदानी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

बैठकले ‘रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८’लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले प्रशासन सेवातर्फको विशिष्ट श्रेणीमा सहसचिव रविलाल पन्तलाई बढुवा गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता डा गोपीचन्द्र भट्टराईलाई तोकेको छ भने ऋण असुली न्यायाधिकरणको कानून सदस्यमा कानून, न्याय तथा सदस्य मामिला मन्त्रालयका उपसचिव उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

असोज २४ गतेदेखि २८ गतेसम्म आयोजना हुने असंलग्न आन्दोलनको कमोरेटिभ हाइलेभल मिटिङमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गरेको छ । सो बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP