सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सुनाउँदै कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिए ।
यसैगरी बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सह–सचिव पदमा रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगार न्यायाधीरकणको रिक्त सदस्यमा सह न्यायाधिवक्ता डा. गोपीचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताए ।बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णु प्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी असोज २४ गतेदेखि २८ सम्म परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको ‘हाइ लेबल मिटिङ’मा सहभागी हुने प्रतिनिधि मण्डलको गठन गन निर्णय पनि बैठकले गरेको छ ।बैठकले विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए ।