मंगलबार , बैसाख २९, २०८३

देशभरका ६२ जना बालिका तथा किशोरीहरूले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन्।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेसनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

हरेक अक्टोबर ११ मा नेपालसहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरूमा बालिका तथा किशोरीहरूलाई पदभार ग्रहण गराउने ‘गर्ल्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो।

यसवर्ष बालिका तथा किशोरीहरूको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गर्ल्स टेक ओभर कार्यक्रम हुन लागेको हो।

यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ।

आजदेखि सुरू भएर अक्टोबर ११ सम्म ‘गर्ल्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेसनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिए।

उनले भने, ‘यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरूलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौं, उहाँहरू त्यो भूमिकामा हुँदा नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र आगामी दिनमा जनप्रतिनिधिसँग मिलेर काम गर्न उहाँहरूलाई अझ सहज हुनेछ।’

सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरूले पद ग्रहण गर्नेछन्।

यस क्रममा उनीहरूले अनलाइनबाट बालिका तथा किशोरीहरूमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा-बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन्। यसरी पद ग्रहण गर्नेहरूलाई प्लानले अभिमुखीकरण गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन्।

आज भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन्,‘अहिले तयारीमा छु। एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP