सोमबार , भाद्र १५, २०८३

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल सरकारले केही समयअघि चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न समिति गठन गरेकोप्रति घुमाउरो रुपले असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत नेपाल र चीनबीच कुनैपनि सीमा समस्या नरहेको आशय व्यक्त गरेकी हुन्।

उनले ६० वर्षअघि आजकै दिन मैत्रीपूर्ण छलफलबाट नेपाल–चीन सीमा सम्झौतामार्फत समस्या समाधान गरिएको उल्लेख गरेकी छन्।

नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा सम्झौताको ६० वर्ष पुगेको अवसरमा राजधानीमा फोटो प्रदर्शनी गरेको छ। प्रदर्शनीमा सन् १९६० मा तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणदेखि हालसम्म नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध झल्काउने तस्बिरहरु प्रस्तुत गरिएको छ।

सन् १९६० मा नेपालका तत्कालिन प्रधानमन्त्री कोइरालाको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच सीमा सम्झौतामा हस्ताक्षर भएको दूतावासले उल्लेख गरेको छ।

त्यसपछि सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्र चीन भ्रमणमा गएका बेला बेइजिङको वर्कर्स स्टेडियममा एक लाख जनताको उपस्थितिमा उक्त सम्झौताको घोषणा भएको चिनियाँ दूतावासले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP