
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल सरकारले केही समयअघि चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न समिति गठन गरेकोप्रति घुमाउरो रुपले असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत नेपाल र चीनबीच कुनैपनि सीमा समस्या नरहेको आशय व्यक्त गरेकी हुन्।
उनले ६० वर्षअघि आजकै दिन मैत्रीपूर्ण छलफलबाट नेपाल–चीन सीमा सम्झौतामार्फत समस्या समाधान गरिएको उल्लेख गरेकी छन्।
नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सीमा सम्झौताको ६० वर्ष पुगेको अवसरमा राजधानीमा फोटो प्रदर्शनी गरेको छ। प्रदर्शनीमा सन् १९६० मा तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणदेखि हालसम्म नेपाल–चीन मैत्रीपूर्ण सम्बन्ध झल्काउने तस्बिरहरु प्रस्तुत गरिएको छ।
सन् १९६० मा नेपालका तत्कालिन प्रधानमन्त्री कोइरालाको चीन भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच सीमा सम्झौतामा हस्ताक्षर भएको दूतावासले उल्लेख गरेको छ।
त्यसपछि सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्र चीन भ्रमणमा गएका बेला बेइजिङको वर्कर्स स्टेडियममा एक लाख जनताको उपस्थितिमा उक्त सम्झौताको घोषणा भएको चिनियाँ दूतावासले जनाएको छ।
60 years ago today, China and Nepal signed the Boundary Treaty through friendly negotiation, our border is free from any disputes since then and has become a bond of friendship and a bridge of mutually benefitial cooperation. Check out the precious photos:https://t.co/zE1i3HCznJ pic.twitter.com/AIQQf3ZyoD
— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 5, 2021