मंगलबार , बैसाख २९, २०८३

सबिन बराल/डार्बिन

अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको डार्बिनमा दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपलीज एशोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली संघले संयुक्त रुपमा कार्यक्रम गरेको हो।  विभिन्न सांगीतिक, सास्कृतिक कार्यक्रम को बिचमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा उल्लेखनीय नेपाली समुदायको सहभागीता रहेको थियो।

कार्यक्रमको आकर्षणनै म:म: थियो। उपस्थित सबैलाई म:म: को स्वादले मोहनी लगाएको थियो।  नेपालीको ठुलो चाड सबैसंग मिलेर मनाउन पाइयोस तथा अन्य समुदायका मानिसलाई पनि नेपाली चाडवाडको बारेमा थाहा होस् भनेर दशै मनाउदै आएको र आहिलेको दशैँ कार्यक्रम पनि सोचेको भन्दा राम्रो भएको NANT का अध्यक्ष युवराज पन्तले बताउनुभयो ।

कार्यक्रममा बोल्दै NRNA-NT का अध्यक्ष बिष्णु चापागाईंले सम्पूर्ण नेपालीलाई दशैँ र तिहारको शुभकामना दिदै कोभिडको कारणले आफ्नो देश र आफन्ती संग-संगै नेपालमा गएर दशैँ मनाउन नपाए पनि डार्विनमा रहने सबै नेपाली दाजुभाई दिदि बहिनि यो कार्यक्रम मा उपस्थित भइ नेपालको झल्को मेट्न केहि हद सम्म भए पनि सफल भएको जानकारी दिनु भयो।  अस्ट्रेलियामा जन्मेर हुर्केका नेपाली दोस्रो पुस्ता भनेर चिनिने युवालाइ यसपाली स्वयम सेवकको जिम्मा दिएर सस्कृति हस्तान्तरण गर्न खोजियको पनि वहा बताउनु हुन्छ।

नेपालीको ठुलो चाड दशैँमा भएको कार्यक्रममा आफुहरुलाई पनि जिम्वेवारी दिएर सहभागी हुन पाउने अवसर दिएकोमा सबै युवा खुशी थिए भने आउदा दिनमा नेपाली समुदायले गर्ने हरेक कार्यक्रममा आफुहरु उपस्थित हुने जानकारी समेत गराय।

स्थानीय कलाकार, बालकलाकार, संगीतकर्मीले आफ्नो प्रस्तुति दिएर कार्यक्रमको स्तर बढाउँन मदत गरेका थिय।  स्थानीय चर्चित ब्याण्ड खमाजले पनि आफ्नो निकै राम्रो प्रस्तुति दिएको थियो भने NANT का उपाध्यक्ष राजिब थापाले पनि आफ्नो सांगीतिक प्रस्तुति दियका थिय।  

दशै आउनु पूर्व नेपाली समुदायको लागि गरियको यस्तो कार्यक्रमले परदेशमा बस्ने नेपालीलाइ केहि भय पनि राहत दिने र थकान बिर्साउन मदत गर्ने काम गर्छ भन्छन डार्विनका सफल व्यवसायी बाबुराम भट्टराई।

त्यस्तै अर्का व्यवसायी बिबेक ढकाल भन्छन कार्यक्रम उत्कृष्ट थियो यो कार्यक्रम सफल हुन NANT अध्यक्ष युवराज पन्तको निकै ठुलो भूमिका छ, वहालाई धेरै धेरै धन्यबाद र सबैलाई दशैँ -तिहारको शुभकामना दिन चाहन्छु।

 

कार्यक्रम निकै स्वहाद्रपूर्ण बाताबरणमा सम्पन्न भएको र म:म:को परिकारले सोचेको भन्दा धेरै तारिफ पाएको बताउनु हुन्, साथै दोस्रो पुस्ताका युवा संगै जतिपनि स्वयम सेवकले हामीलाई साथ दिनुभयो वहालाई धन्यबाद दिदै वहाहरुको मेहेननलेनै यो दशैँ फेस्टिवल सम्पन्न भएको प्रतिक्रिया दिन्छन NRNA -NT युथ कोडिनेटर राज सापकोटा।

कार्यक्रम राति १० बजे सम्म चलेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP