सोमबार , भाद्र १५, २०८३

उत्तरी छिमेकी चीनतर्फको नाका नेपालका लागि थप असहज महसुस हुँदै गएको छ । पछिल्लो समय नाका आंशिक मात्र खुलाए पनि नेपालीहरूको सबैभन्दा ठूला चाड दसैँतिहारकै मुखमा चिनियाँ विचौलियहरुले व्यापारमा अवरोध गरिरहेका छन् । तर, यस्ता विचौलिया नियन्त्रण गर्नतर्फ चीनको सरकारी पक्षले कुनै तदारुकता देखाएको छैन ।

चीनबाट नेपालतर्फ ल्याउन मालसामान लोड गरिएका कन्टेनरलाई रसुवागढीसम्म व्यवस्थापन गर्ने नाममा स्थानीय चिनियाँ अवरोध गरिरहेका छन् । यतिखेर दशैं तिहारकै लागि मालसामान लोड गर्न रसुवागढी–केरूङ नाका पुगेका नेपाली व्यवसायीहरूलाई चिनियाँ पक्षले असान्दर्भिक शर्त राखेर शुल्क असुलिरहेको हो । प्रत्येक कन्टेनरबाट अधिकतम १० लाख रुपैयाँसम्म असुल्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

‘केरूङदेखि रसुवागढीसम्मको दूरी करिब ३० किलोमिटर छ । जुन बाटोमा मालसामान ढुवानीको कुनै थप शुल्क लाग्दैन । तर, अहिले स्थानीय विचौलियाहरूले व्यवस्थापनको नाममा निकै रकम असुल्ने गरेका छन्,’ नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

कोभिड–१९ पछि चिनियाँ पक्षले एकलौटी रुपमा मालसामान निर्यात अवरोध त गर्दै आएको थियो, थप नाकामा मालसामान ढुवानी व्यवस्थापनको नाममा स्थानीय तिब्बतीहरूले व्यवसायीहरूसँग हाकाहाकी पैसा असुल्न थालेपछि समस्या परेको श्रेष्ठले बताए ।

त्यसो त लामो समयदेखि एकपक्षीय ढंगले चिनियाँ पक्षले नेपालतर्फ मालसामान निर्यातमा अवरोध गरिरहँदा समेत नेपाल सरकारले खासै भूमिका खेल्न सकेको छैन । अहिले चिनियाँ विचौलियाहरूले दुःख दिँदा पनि सरकारले केही गर्न नसकेको भन्दै व्यवसायीहरू आक्रोशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP