सोमबार , भाद्र १५, २०८३

सांसदहरुले विवाह गर्ने न्यूनतम उमेर हदलाई घटाउनु पर्ने सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले मुलुकी देवानी संहिता २०७४ ले विवाह गर्न कम्तिमा २० वर्ष चाहिने उमेरलाई १८ बनाउनुपर्ने धारणा राखेका हुन्।

करणीसम्बन्धी कसूर तथा कानुनी व्यवस्थाबारे भएको छलफलका क्रममा ढिलो विवाह हुँदा पनि अपराधका घटना हुने गरेकाले विवाह गर्ने उमेर घटाउनुपर्ने मत राखेका हुन्।

कांग्रेस सांसद मीन विश्वकर्माले स्वैच्छिक रुपमा यौन सम्बन्ध राख्न पाउने उमेर १८ वर्ष भएपछि विवाहका लागि २० वर्ष पुग्नै पर्ने प्रावधान उपयुक्त नभएको जिकिर गरे।

उनले प्रविधि र जीवन शैलीमा आएको परिवर्तनका कारण पनि विवाह गर्ने उमेर १८ बनाउँदा उपयुक्त हुने बताए। विश्वकर्माले भने, ‘पहिले प्रविधिको कुनै प्रयोग थिएन १६ वर्षमै साबालक हुन्थ्यो । अहिले ४ बर्षको बच्चाले भिडियो गेम खेल्छ । ८ वर्षमा गाडी कुदाउँछ हामी १८ वर्षमा साबालक भन्छौं । यसबारे अध्ययन गरौं र कानुनी सुधार हुनुपर्छ।’

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कर्णले पनि बिहे गर्ने न्यूनतम उमेर २० वर्ष व्यवाहारिक नभएकाले सच्याउनुपर्ने धारणा राखे।

माओवादी केन्द्रका सांसद मातृका यादवले पनि विवाह गर्ने घटाउन आवश्यक भएको मत राखे।

मधेसमा आर्थिक अवस्थाका कारण छिटो विवाह हुने प्रचलनका कारण पनि २० वर्षमा बिहे गर्ने उमेर तोकिनु राम्रो नभएको उल्लेख गरे।

समिति सभापति कृष्णभक्त पोखरेलले पनि विवाह गर्ने उमेर नेपालीको सन्र्दभमा १८ नै उपयुक्त भएको भनाइ राखे। उनले देवानी संहितामा भएको व्यवस्था परिमार्जनका लागि सरकारलाई सुझाव दिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP