बुधबार , बैसाख २४, २०८२

पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटबाट चोरी भएको छ। उनको फ्ल्याटबाट चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम छन्। उनलाई प्रहरीले आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको थियो। उता मुद्दा परेको थाहा पाएपछि हामीले पनि उनको फोन ट्रयाकिङ गरेर पक्राउ गरेका हौं,’ एसएसपी सिंहले भने।

उनले पोखरास्थित फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन, फोनलगायत चोरी गरेको आरोप छ।

उनले चोरी गरी काठमाडौं आएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीबाट चोरी गरिएका सामान बरामद भएका छन्। गौतममाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP