मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुरमा औद्योगिक क्षेत्रको चार सय बिगाहा जग्गा अहिले नै अतिक्रमण भैसकेको पाइएको छ ।

औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीले पाउने भन्दै रकम उठाएर आफुखुसी कित्ताकाँट चलिरहँदा पनि प्रशासन भने मौन छ । एमाले बुटवल उपमहानगर कमिटीले विज्ञप्ती नै जारी गरेर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुँदा पनि प्रशासन मौन बसेकोमा आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जारी गरेको विज्ञप्तीमा औद्योगिक क्षेत्र स्थापना रोक्ने उद्देश्यले अतिक्रमण भइरहेको र यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने कुनै पनि सार्वजनिक जग्गा कब्जा गर्न नदिने बताए । यसका लागि राजनीतिक दलहरूसँग छलफल र समन्वय भइरहेको उनले बताए । उनले मोतिपुर क्षेत्रमा भइरहेको अवान्छित गतिविधिलाई छिट्टै अन्त्य गरिने उल्लेख गरे । त्यहाँ भइरहेको टहरा पटकपटक हटाइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निमेश अधिकारीले मोतीपुर क्षेत्रमा अतिक्रमणका गतिविधि बढ्दै जाँदा त्यस क्षेत्रको विकासमै असर पुग्ने चिन्ता व्यक्त गरे । औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणलगायतका बाँकी काम अघि बढाउन राजनीतिक दल तथा यहाँ संघ–संंस्थाहरूको साथ आवश्यक रहेको उनले बताए ।

गत २१ फागुनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । स्थानीयको विरोधका बाबजुद सुरक्षा घेरामा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अवरोध सिर्जना हुँदा योजना अलपत्र पर्ने जोखिम बढेको छ ।

साविकको बुटवल नगरपालिका, टिकुलीगढ़ गाविस, आनन्दवन गाविस र फर्साटिकर गाविसका केही भाग (हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका) चार किल्ला तोकी आठ सय १३ बिगाहामा मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । यसैगरी १२ वैशाख ०७३ मो रुपन्देहीको मोतीपुरसहित बाँकेको नौबस्तालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP