सोमबार , भाद्र १५, २०८३

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ गाभरका स्थानीय ५६ वर्षीय सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया कालिका खड्का शनिबार घर नजिकैको सामुदायिक वनमा भैंसी र बाख्रा चराउन गएका थिए ।

पूर्वपश्चिम राजमार्गदेखि करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिकै उनीहरूले सोच्दै नसोचेको घटना भयो । सो घटनाले उनीहरूको होसहवास उड्यो ।

नउडोस् पनि किन, भैंसी र बाख्रा चराउन गएका उनीहरू बाघको घेराबन्दीमा परेका थिए । एउटा होइन, तीन÷तीनवटा बाघको घेराबन्दीमा परेपछि उनीहरू बाँच्नका लागि रूख चढे । रूख चढ्नुलाई नै उनीहरूले उत्तम उपाय ठाने ।

एकातिर उनीहरू रूखमै बसेर जीवनको भिख मागिरहेका थिए । अर्कातिर बाघ उनीहरूको सिकारका लागि कुरेर फेदमा बसिरहेको थियो । त्यहीबेला दुईवटा हात्तीलाई चराउन लगेका माउतेले यो कुराको जानकारी पाए । र, बाँके राष्ट्रिय निकुञ्जका यी दुई हात्तीको सहायतामा उनीहरू तीनै जनालाई उद्धार गरियो ।

बाघबाट जोगिन रूखमा चढेका उनीहरूलाई निकुञ्जका हात्तीले उद्धार गरेर घर पु¥याएको हो । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरी माउतेले उनीहरूको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जानकारी दिए ।

पछिल्ला केही दिनयता पूर्वपश्चिम राजमार्गसमेत पाटेबाघका कारण असुरक्षित भएको छ । बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको मध्यवर्ती क्षेत्रको गाभरमै गत २७ भदौमा पाटेबाघले भारतीय नागरिकलाई मारेको थियो । यस्तै, दुई वर्षअघि निकुञ्जको मध्यवर्ती क्षेत्रमा करिब महिना दिनको अन्तरमा पाटेबाघले दुई महिलाको ज्यान लिएको थियो ।

यी घटनाले त्रास बढिरहेको अवस्थामा शनिबार तीन गोठाला बाघको फन्दामा परेपछि यहाँका जनता त्रसित बनेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP