शुक्रबार , भाद्र १२, २०८३

रोयल्स च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बैंगलोरले पन्जाब किङ्सलाई ६ रनले हराउँदै प्लेअफमा स्थान बनाउने तेस्रो टिम बनेको हो ।

सारझाँ क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १६५ रनको लक्ष्य पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो ।

पन्जाबका लागि मयंक अग्रवालले ५७ रनको अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान केएल राहुलले ३९ रनको योगदान गरे । पन्जाबका लागि एडेन मार्करनले २० रन बनाउँदा साहरुख खानले १६ रन बनाए । बलिङतर्फ बैंगलोरका लागि युजभेन्द्र चहालले सर्वाधिक ३ विकेट लिए । त्यस्तै गोर्जे ग्रेटोन र साहबाज अहमेदले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५७ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै देभदत्त पाडिकलले ४० रनको योगदान गर्दा कप्तान विराट कोहली २५ तथा एभी डिभिलियर्सले २३ रन बनाए ।

बलिङतर्फ पन्जाबका लागि मोहमद श्वामी र मोइस हेनरीक्यूले समान तीन–तीन विकेट लिए ।

आजको खेलमा जित निकाल्दै दुवै बैंगलोरले १२ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । बैंगलोर प्लेअफमा पुगेको छ ।

यता पन्जाब भने समूह चरणबाट नै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP