मंगलबार , अषोज २७, २०८३

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको जारी सिजनमा पहिलो पटक पराजित भएको छ । लियोनल मेसीको पीएसजी आज रेनेससँग २–० ले हारेको हो ।

घरेलु टोली रेनेसले ४५औं मिनेटमा गाइटन लाबोर्डेको गोलबाट अग्रता लिएको थियो । लाबोर्डेको पासमा फ्लाभियन टैटले ४६औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यही दुई गोल पीएसजीलाई हराउन रेनेसका लागि पर्याप्त बन्यो ।६८औँ मिनेटमा काइलियन एमबाप्पेले गोल फर्काएका थिए । तर, भिडियो सहायक रेफ्री (भीएआर) ले एमबाप्पेको गोललाई अफसाइड घोषित गरिदिएपछि पीएसजीले पुनरागमन गर्न सकेन ।

हारका बाबजुद ९ खेलबाट २४ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अगाडि हो । समान खेलबाट १२ अंक जोडेको रेनेस सातौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP