मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिद बाहिर विष्फोट भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटमा परी केही मानिसको मृत्यु भएको आशंका गरिएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमा काबुलको इदगाह मस्जिदको प्रवेशद्वारमा उक्त विष्फोट भएको बताएका छन् । समाचारमा जनाइएअनुसार मस्जिदभित्र जबिहुल्लाह मुजाहिदकी आमाको फातिहा पढिरहेको समयमा उक्त विष्फोट भएको हो ।अहिलेसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि तालिबान सत्तामा आएपछि इस्लामिक स्टेट (आईएस)ले तालिबानमाथिको आक्रमण बढाएको छ । यससँगै आगामी दिनमा अफगानिस्तानमा तालिबान र आईएसबीचको संघर्ष बढ्न सक्ने आशंका बढेको छ ।

तालिबानले यसअघि नै आगामी दिनमा आईएस आफ्नो लागि समस्या बन्न सक्ने बताइसकेको छ । अफगानिस्तानको नान्गरहार प्रान्तमा आईएसको पकड बलियो छ । यसअघि आईएसले नान्गरहारको राजधानी शहर जलालबादमा पनि आक्रमण गरेको थियो । यद्यपि उसले काबुलमा भने आक्रमण गरेको थिएन ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP