शुक्रबार , भाद्र १२, २०८३

जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए ।

मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन् । मन्डे १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।
सागकै कांस्य विजेता मुकुन्द्र महर्जनले कुमुतेको पुरुष ७५ केजीमुनि कांस्य तथा ३० वर्षमाथि स्वर्ण जिते । त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कांस्य तथा आफ्नो उमेरसमूहमा स्वर्ण हात पार्न सफल भएको अफिसियल स्वच्छम् गुरुङले जनाएका छन् ।

अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP