मंगलबार , बैसाख २९, २०८३

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन् । आइतबार विधान महाधिवेशनमा प्रस्तावहरूमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ । बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ ।’

त्यस्तै उनले विरोधीहरु चिन्तित हुनुपर्ने अर्को कारण पनि खुलाए । उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन् ।’ अध्यक्ष ओलीले आफूमाथि देवत्वकरण गरेको हल्ला चलाएर भ्रम फिँजाएको पनि ओलीले आरोप लगाए ।

‘एउटा हल्ला चलाएका छन् । भन्ने गर्छन्– नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरुले के खोजेका छन्, सोचेका छन् भने यहाँ बहुत झगडा भैदिए हुन्थ्यो, मारामार भैदिए हुन्थ्यो । कोही नेता स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो । सबैलाई खुइल्याउन पाए हुन्थ्यो’, उनले पार्टीभित्र अनेकथरी लाञ्छना लगाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो भन्नेमा रहेको बताए ।

‘अनि उनीहरु देवत्वकरण कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौ देवत्वकरण गर्दैनौ, तर लिडरसिप हुन्छ, लिडरसीपका वरिपरि पार्टी एकीकृत हुन्छ’, ओलीले आफूमाथि लागेको आरोपको खण्डन गरे । उनले त्यसरी नै आन्दोलन एकीकृत हुने भन्दै ‘त्यो स्वभाविक भएको बताए ।

‘पुष्पलालले अघि सारेका विचार वरिपरि हामी आजसम्म गोलबन्द भएका छेनौ ? कार्ल मार्क्सले अघि सारेका दर्शन सिद्धान्त वरिपरि गोलबन्द भएका छैनौ । लेनिनका वरिपरि सिंगै रुस गोलबन्द भएन ? माओका वरिपरि चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेनन् ?’, ओलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय नेताहरुसँग तुलना गर्दै मदन भण्डारी र पुष्पलाललाई पनि देख्न नसकेको बताए । उनले नेतृत्व स्थापित भएन भने नाश्यन्ते बहुनायिका जस्तै हुने टिप्पणी पनि गरे ।
एमालेलाई कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्ने ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP