बुधबार , असार ४, २०८२

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन् । आइतबार विधान महाधिवेशनमा प्रस्तावहरूमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ । बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ ।’

त्यस्तै उनले विरोधीहरु चिन्तित हुनुपर्ने अर्को कारण पनि खुलाए । उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन् ।’ अध्यक्ष ओलीले आफूमाथि देवत्वकरण गरेको हल्ला चलाएर भ्रम फिँजाएको पनि ओलीले आरोप लगाए ।

‘एउटा हल्ला चलाएका छन् । भन्ने गर्छन्– नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरुले के खोजेका छन्, सोचेका छन् भने यहाँ बहुत झगडा भैदिए हुन्थ्यो, मारामार भैदिए हुन्थ्यो । कोही नेता स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो । सबैलाई खुइल्याउन पाए हुन्थ्यो’, उनले पार्टीभित्र अनेकथरी लाञ्छना लगाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो भन्नेमा रहेको बताए ।

‘अनि उनीहरु देवत्वकरण कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौ देवत्वकरण गर्दैनौ, तर लिडरसिप हुन्छ, लिडरसीपका वरिपरि पार्टी एकीकृत हुन्छ’, ओलीले आफूमाथि लागेको आरोपको खण्डन गरे । उनले त्यसरी नै आन्दोलन एकीकृत हुने भन्दै ‘त्यो स्वभाविक भएको बताए ।

‘पुष्पलालले अघि सारेका विचार वरिपरि हामी आजसम्म गोलबन्द भएका छेनौ ? कार्ल मार्क्सले अघि सारेका दर्शन सिद्धान्त वरिपरि गोलबन्द भएका छैनौ । लेनिनका वरिपरि सिंगै रुस गोलबन्द भएन ? माओका वरिपरि चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेनन् ?’, ओलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय नेताहरुसँग तुलना गर्दै मदन भण्डारी र पुष्पलाललाई पनि देख्न नसकेको बताए । उनले नेतृत्व स्थापित भएन भने नाश्यन्ते बहुनायिका जस्तै हुने टिप्पणी पनि गरे ।
एमालेलाई कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्ने ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP