नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ४०५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।