बुधबार , असार ४, २०८२

साबिक विजेता एथ्लेटिको म्याड्रिडले बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको* २–० गोलले विजयी भएको हो ।

खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटकोको जीत सुनिश्चित गरे । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।

स्पेनिस ला लिगामा बार्सिलोनाको यो सिजन पहिलो हार थियो । तर, धेरै खेलमा बराबरीमा रोकिएका कारण बार्सिलोना मात्र १२ अंकसहित लिगको नवाैँ स्थानमा सिमित बनेको छ । शनिबारको खेलअघि बार्सिलोनाले लिगमा ३ खेलमा जीत र ३ बराबरी गरेको थियो । च्याम्पियन्स लिगमा लगातार हार व्यहोरेको बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमनको जागिर धरापमा परेको छ ।

शनिबार नै भएका अन्य खेलमा ओसासुनाले रायो भायोकानो र मायोर्काले लेभान्तेलाई समान १–० गोलअन्तरले हरायो । भ्यालेन्सियाले भने क्याडिजसँग गोलरहित बराबरी खेल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP