आइतबार , बैसाख ७, २०८२

काठमाडौंमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले सानदार जित निकालेको छ।

शनिबार कीर्तिपुरस्थित टियु मैदान भएको खेलमा पोखराले विराटनगर वारियर्समाथि ७ विकेटको जित निकाल्यो।

यो हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। यो विराटनगरको लागतार चौथो हार हो । प्रतियोगितामा उ अंकबिहीन । यता, तीन खेलमा तीन अंक नै जोडेको पोखरा चौथो स्थानमा छ।

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि असेला गुरुरत्नेले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनी २४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन नटआउट रहे।

यस्तै, रिचार्ड लेभीले २६ बलमा ४७ रन बनाउँदा सहान अरचहिगले ३६ बलमा ४३ रन बनाए। यस्तै कप्तान विनोद भण्डारी १५ रनमा नटआउट रहे। विराटनगरका प्रत्यिस जिसी, सिकन्दर राजा र हरि चौहानले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनायो। उसका लागि आसिफ सेखले सर्वाधिक ४४ रन बनाउँदा सिकन्दर राजाले २९, सन्दीप रजालीले २८ र करण केसीले २४ रन बनाए।

पोखराका विक्रम सोबले २ विकेट लिँदा नन्दन यादव, विवेक यादव र सहन अरचहिगले समान १ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP