मंगलबार , अषोज २७, २०८३

काठमाडौंमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले सानदार जित निकालेको छ।

शनिबार कीर्तिपुरस्थित टियु मैदान भएको खेलमा पोखराले विराटनगर वारियर्समाथि ७ विकेटको जित निकाल्यो।

यो हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। यो विराटनगरको लागतार चौथो हार हो । प्रतियोगितामा उ अंकबिहीन । यता, तीन खेलमा तीन अंक नै जोडेको पोखरा चौथो स्थानमा छ।

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १७३ रनको लक्ष्य पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। उसका लागि असेला गुरुरत्नेले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनी २४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन नटआउट रहे।

यस्तै, रिचार्ड लेभीले २६ बलमा ४७ रन बनाउँदा सहान अरचहिगले ३६ बलमा ४३ रन बनाए। यस्तै कप्तान विनोद भण्डारी १५ रनमा नटआउट रहे। विराटनगरका प्रत्यिस जिसी, सिकन्दर राजा र हरि चौहानले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनायो। उसका लागि आसिफ सेखले सर्वाधिक ४४ रन बनाउँदा सिकन्दर राजाले २९, सन्दीप रजालीले २८ र करण केसीले २४ रन बनाए।

पोखराका विक्रम सोबले २ विकेट लिँदा नन्दन यादव, विवेक यादव र सहन अरचहिगले समान १ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP