मंगलबार , अषोज २७, २०८३

भारतले चीनसँग जोडिएको लद्दाखस्थित सीमा क्षेत्रमा शनिबार के ९ बज्र तोप तैनाथ गरेको छ । यसले सेल्फ–प्रोपेल्ड हाविल्जर तोपले ५० किलोमिटर दूरीसम्म निशाना साँध्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँग सीमा जोडिएका इलाकामा पूर्वाधार र विकास निर्माणलाई तिव्र बनाइएको भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले बताएका छन् ।

चीनले सीमा क्षेत्रमा सैनिक संख्या बढाएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै भारत पनि सेनाको संख्या बढाएको नरवाणेले बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पूर्वी लद्दाख, उत्तरी कमाण्ड र पूर्वी कमाण्डमा पनि ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ ।

चीन र भारतबीच लद्दाखमा लामो समयदेखि सीमा विवाद छ । विवाद समाधानका लागि अक्टोबरको दोस्रो साता १३ औं चरणको सैनिक स्तरीय वार्ता गर्ने तयारी पनि चलिरहेको छ । यता पाकिस्तानले फेरि एकपटक युद्धविराम तोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो १० दिनमा पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै दुईपटक सिजफायर गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP