सोमबार , भाद्र १५, २०८३

एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई न्याय होइन थप पीडा पो दिने गरी फैसला गरेछ, दुई वर्ष लगाएर फर्किएको मेरो मुस्कान न्यायालयले फेरि खोस्न खोजेजस्तो लागिरहेको छ।

पर्सा जिल्ला अदालतले मुस्कान खातुनलाई एसिड (तेजाब) हान्ने अभियुक्तलाई एक वर्ष र एसिड हान्न अह्राउने अभियुक्तलाई चार वर्ष कैद सजाय तोकेको छ। घटना भएको १८ महिनापछि २०७७ फागुन २६ गते अदालतले दुवै अभियुक्तविरुद्ध सजाय तोकेको हो। जसअनुसार, मुस्कान माथि एसिड हान्ने वीरगन्ज महानगरपालिका —२ छपकैयाका सम्साद मियाँलाई एक वर्ष र एसिड हान्ने अह्राउने मजिद मियाँलाई चार वर्ष कैद सजाय अदालतले तोकेको हो।

पर्सा जिल्ला अदालतका १ नम्बर न्यायाधीश धर्मराज पौडेलको एकल इजलासले उक्त सजायको फैसला गरेको हो। अदालतको फैसला पीडित मुस्कानलाई नै चित्त बुझेको छैन। मुस्कान भन्छिन्, ‘हाम्रो देशको कानुन नै गजबको रहेछ, जसले एसिड हान्न अह्रायो उसलाई चार वर्ष कैद। अनि जसले आफैं एसिड हान्यो उसलाई एक वर्ष मात्र कैद, सुन्दै अचम्म लागेको छ।’ निको हुन लागिसकेको घाउ अदालतको यो फैसलाले झन् बल्झिन थालेको दुःखेसो उनी पोख्छिन्।

प्रहरी र अदालत दुवै मिसिलमा समेत सम्सादले एसिड आफैंले हानेको भनेर स्वीकार गरी लिखित बयान दिइसकेको अवस्थामा पनि उसलाई एक वर्ष मात्रै कैद सजाय हुनु विद्यमान कानुनकै त्रुटि रहेको गुनासो उनी गर्छिन्।

दुवै अपराधीलाई कमसेकम २० वर्षको कैद हुनुपर्ने आफ्नो माग रहेको उनले सुनाउँछिन्। मुस्कान भन्छिन्, ‘अदालतको फैसलाविरुद्ध म छिट्टै उच्च अदालतमा पुनरावेदन गर्दैछु, वकिलसँग सरसल्लाह भइरहेको छ। ‘मजिद र म सम्साद दुवै मिली दुई सय रुपैयाँमा तेजाबसहितको बोतल किन्यौं। तेजाब जगमा खन्याई पानी भर्‍यौं। पीडितलाई खान दिँदा नमानेपछि उनको अनुहार र शरीरमा तेजाब म आफैंले फालेको हुँ’, अदालतको फैसला मिसिलमा सम्सादको बयान यसरी लेखिएको छ।

‘पीडितलाई मैले एकतर्फी माया गर्दै आएको थिएँ। पीडितले अस्वीकार गरेकाले सम्सादसँग मिलेर तेजाब खुवाउन खोजेका थियौं। उनले नमानेकाले पीडितको अनुहार र शरीरमा तेजाब फाल भनी मैले नै सम्सादलाई भनें। त्यसपछि निजले एसिड फालेको हो’, अदालतको फैसला मिसिलमा मजिदको बयानमा छ। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP