मंगलबार , बैसाख २९, २०८३

रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या अघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठामा मृत भेटिएकी थिइन् ।

घटनाको अनुसन्धानका लागि आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले स्थलगतरुपमा प्राविधिक विश्लेषण गरेको थियो। सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा गरिएको प्राविधिक परीक्षणमा सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा लेखिएको सुसाइड नोट फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुंवरले बताए।जसमा ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरकै काखबाट जन्मिन चाहन्छु’ लगायतका शब्द उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । घटनाको अनुसन्धान नसकिएको प्रहरीले जनाएको छ।

मृतकका बुबा हरिप्रसाद भण्डारीले भने सुसाइड नोट मोबाइलको नोटमा लेखिएको भन्ने कुरा विश्वास गर्न नसकिने बताए । ‘सुसाइड नोट त सबैले देख्ने ठाउंमा लेखेर राखिएको हुनुपर्ने हो’–भण्डारीले भने–‘यो अनुसन्धानमा हामी सन्तुष्ट छैनौं, अझै गहिरो अनुसन्धान हुनुपर्छ ।’

भण्डारीले घटनालाई आत्महत्या सावित गर्न ठूलो आर्थिक चलखेल र राजनीतिक शक्ति प्रयोग भएको दावी गर्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो । टिकाको यो दोस्रो विवाह थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् टिका,मृतकका जेठाजू तिलोत्तमा ५ का वडा सदस्य हरि पौडेल र मृतककी आमाजू विष्णुलाई हिरासतमा राखेको छ ।

घटनाको अनुसन्धान फितलो भएको र दोषीलाई उन्मुक्ति दिन खोजिएको दावी गर्दै मृतकका माइती र आमा समूहले तिलोत्तमामा २५ दिनदेखि दिनहुंजसो सडक आन्दोलन गर्दै आएका छन् । उनीहरुले तिलोत्तमा नगरपाकिलाका १३ वटा वडामा तालाबन्दी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP