बुधबार , असार ४, २०८२

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा भएको सीता भण्डारी मृत्यु प्रकरणपछि सुरु भएको आन्दोलन २५ औं दिनमा पुगेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै आन्दोलन गरिरहेका छन् । सीताको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ । न्याय नपाउञ्जेल अन्त्येष्टि नगर्ने माइती पक्षले जनाएको छ ।

पोस्टमार्टममा आत्महत्या देखिएपछि प्रहरीले माइती पक्षको जाहेरीका आधारमा मृतक सीताका श्रीमान्, जेठाजु र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ । उक्त घटनाको अनुसन्धानका लागि सीआईबीको टोली रुपन्देही आएर फर्केको छ । उक्त टोलीको रिपोर्ट सार्वजनिक भएके छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP