मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा भएको सीता भण्डारी मृत्यु प्रकरणपछि सुरु भएको आन्दोलन २५ औं दिनमा पुगेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै आन्दोलन गरिरहेका छन् । सीताको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ । न्याय नपाउञ्जेल अन्त्येष्टि नगर्ने माइती पक्षले जनाएको छ ।

पोस्टमार्टममा आत्महत्या देखिएपछि प्रहरीले माइती पक्षको जाहेरीका आधारमा मृतक सीताका श्रीमान्, जेठाजु र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ । उक्त घटनाको अनुसन्धानका लागि सीआईबीको टोली रुपन्देही आएर फर्केको छ । उक्त टोलीको रिपोर्ट सार्वजनिक भएके छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP