बुधबार , असार ४, २०८२

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को बदनाम गरेको भन्दै उनको राजीनामा माग गरिएको छ । मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेकाले मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा माग दिनका लागि दबाबस्वरुप विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

बिहीबार कलैयामा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै प्रदर्शन गरे । विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा भएको कलैया नगर प्रदर्शनको क्रममा विद्यार्थीहरूले मुख्यमन्त्रीले राजीनामा दिई अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

अध्यक्ष सन्तोष यादवले छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा कमिसन, बेटी बचाउ बेटी पढाऊ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप लागि रहँदा तत्काल मुख्यमन्त्रीले नैतिकताको आधारमा प्रदेश २ को नाम र नाक जोगाउनका समेत राजीनामा दिई सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP