बुधबार , असार ४, २०८२

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड–१९ को जानकारी गराउने छ ।

कोभिड–१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ ।

पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् । भोलिदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP