बुधबार , असार ४, २०८२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज केपी ओलीलाई गाली गर्ने मुडमा नरहेको बताएका छन् ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले केपी ओलीसँग रिस उठेर कहिलेकाहीँ गाली गर्ने गरेको तर आज गाली नगर्ने बताएका हुन् । आफूले संसदमा आगोसँग खेल्ने भनेर गरेको प्रश्नलाई उडाउनेहरू केही दिनमै बालुवाटार छाडेर बालकोटको बार्दलीमा पुगेको बताउँदै एमाले अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरे ।

वाईसीएल र अखिल क्रान्तिकारी आउँदा आतंकित हुनेहरू अहिले समाजमा उल्टै हावी भएको उनले बताए । ‘अहिले गाउँघरमा माओवादी आतंक छैन, ओलीको आतंक छ, कमल थापाको आतंक छ । गणतन्त्र रोक्न लागिपरेकाहरूको पो आतंक छ अहिले,’ प्रचण्डले भने ।

अहिले नै आफूले पार्टी नेतृत्वको उत्तराधिकारी नतोक्ने उनले बताए । माओले उत्तराधिकारी तोक्दा लिन प्याओले उल्टै गोली चलाएको प्रसंग उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP