शुक्रबार , भाद्र १२, २०८३

डार्बिन/अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको डार्बिनमा दशैं विशेष कार्यक्रम गरिने भएको छ । नेपलिज एशोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली संघले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको हो । एशोसियसनले विगत १३ वर्षदेखि हरेक दशैका विशेष कार्यक्रम गर्दै आएको छ । अक्टोबर २ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा प्रवेश निशुल्क गरिएको गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीका संयोजक बिष्णु चापागाईंले जानकारी दिनुभयो । वहाका अनुसार यसपाली ५ सय जना भन्दा बढीको सहभागिता हुने विश्वास गरिएको छ । कार्यक्रम डार्विनको मररा स्थित फिलिपिनो सामुदायिक केन्द्रको हलमा हुन लागेको हो ।

नेपालीको ठुलो चाड सबैसंग मिलेर मनाउन पाइयोस तथा अन्य समुदायका मानिसलाई पनि नेपाली चाडवाडको बारेमा थाहा होस् भनेर दशै मनाउदै आएको NANT का अध्यक्ष युवराज पन्तले बताउनुभयो । कोभिडका कारणले नेपाल जान नपाएका नेपालीहरुलाई यो कार्यक्रम आफन्त भेटेर दशै मनाउने अवसर पनि हो पन्तको भनाई छ ।

कार्यक्रममा नेपाली नृत्य र संगित प्रस्तुत गरिनेछ । त्यस्तै नेपाली खानाको स्टल पनि रहनेछ । कार्यक्रमको मुख्य आकर्षणमा यसपाली म:मलाइ लियिएको छ। दोस्रो पुस्तालाई नेपाली संस्कृति चिनाउन र संस्कृतिको निरन्तरताका लागि नर्दन टेरिटोरीमा हरेक वर्ष दशैको कार्यक्रम गरिदै आइएको हो । यसपाली दोस्रो पुस्ताका कम्तिमा १५ जना केटाकेटीहरुलाई कार्यक्रम परिसरमा स्वयमसेवीको रुपमा समेत खटाइने भएकोले पनि यो बर्षको दशैँ खाश हुने बताउनु हुन्छ NRNA -NT  उपाध्यक्ष सन्जिब गोर्खाली।  

NANT र NRNA-NT डार्विन बस्ने सम्पूर्ण नेपालीलाई दशैँ सबै संगै मिलेर मनाउन, २ अक्टोबरमा हुन लागेको कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गर्दछ।

(Photo credited by NANT website 2020/2021)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP