मंगलबार , अषोज २७, २०८३

मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म जितिया पर्व मनाउँछन्।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ।

मैथिल र थारु समुदायका महिलाले उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधबार साँझ व्रत सम्पन्न गर्नेछन्।

बर्तालुले ओंगठन (दही चिउरा सक्खर सहितको प्रसाद खाएर) खाएर बुधबार अपरान्ह पाँच बजेसम्मका लागि उपवास सुरु गरेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए।

व्रत बस्नु अघिल्लो दिन बर्तालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाएका थिए।

देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ। सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ को सो दिनलाई नहा खा (नुहाएर खानु) भनिन्छ।

सो दिनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ।

त्यसैगरी विधिअनुसार काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गरेको अर्थात केही खानेकुरा ओठमा लगाएका छन्। प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ। त्यसपछि शुरु हुन्छ कठिन उपवासको क्रम।आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको पुजारी पाठकले बताए। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।

पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ।

राजा शालिवहानको राज्यमा सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ।

मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP