सोमबार , भाद्र १५, २०८३

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश एस.पाण्डवबीच मंगलवार राजधानीमा भेटवार्ता भएको छ ।

उक्त भेटका क्रममा रेग्मी र एस.पाण्डपबीच कोभिडबाट नेपालको पर्यटन क्षेत्रमा परेको प्रभाव, सोको अवस्था र पछिल्लो पर्यटनको अवस्था बारे छलफल भएको थियो ।

सोही भेटका क्रममा डब्लुएचओका प्रतिनिधि एस.पाण्डेले कोभिडको प्रभाव नेपालको पर्यटन उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।

एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नु पर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

‘कोभिड–१९ को जोखिम अझै कायमै छ । अहिलेको विकराल अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नु आवश्यक छ’ डा.एस पाण्डेले भने, ‘बाँकी नेपालको सहयोगका लागि विश्व स्वास्थ्य संगठन सधै तयार छ ।’

सो अवसरमा पाण्डेले पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परिक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि विश्व स्वास्थ्य संगठनको सहयोग रहने बताए ।

सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा पनि क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको जानकारी दिए ।

उनले पछिल्लो पटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको समेत बताए ।

सोही अवसरमा डा. रेग्मीले विश्व स्वास्थय संगठनले सिफारिश र स्वीकृती गरेका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशहरुले मान्यता नदिएजस्तो व्यवहार गरेकोले यसबाट अन्तरराष्ट्रिय आवागमनमा समस्या आएको बताउँदै यसमा विश्व स्वास्थ्य संगठनले ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP