शुक्रबार , बैसाख १९, २०८२

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मी र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश एस.पाण्डवबीच मंगलवार राजधानीमा भेटवार्ता भएको छ ।

उक्त भेटका क्रममा रेग्मी र एस.पाण्डपबीच कोभिडबाट नेपालको पर्यटन क्षेत्रमा परेको प्रभाव, सोको अवस्था र पछिल्लो पर्यटनको अवस्था बारे छलफल भएको थियो ।

सोही भेटका क्रममा डब्लुएचओका प्रतिनिधि एस.पाण्डेले कोभिडको प्रभाव नेपालको पर्यटन उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।

एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नु पर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

‘कोभिड–१९ को जोखिम अझै कायमै छ । अहिलेको विकराल अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नु आवश्यक छ’ डा.एस पाण्डेले भने, ‘बाँकी नेपालको सहयोगका लागि विश्व स्वास्थ्य संगठन सधै तयार छ ।’

सो अवसरमा पाण्डेले पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परिक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि विश्व स्वास्थ्य संगठनको सहयोग रहने बताए ।

सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भइसकेको र बाँकी क्षेत्रमा पनि क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको जानकारी दिए ।

उनले पछिल्लो पटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको समेत बताए ।

सोही अवसरमा डा. रेग्मीले विश्व स्वास्थय संगठनले सिफारिश र स्वीकृती गरेका कोभिड विरुद्धको खोपलाई समेत कतिपय देशहरुले मान्यता नदिएजस्तो व्यवहार गरेकोले यसबाट अन्तरराष्ट्रिय आवागमनमा समस्या आएको बताउँदै यसमा विश्व स्वास्थ्य संगठनले ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP